प्रदीप र सुदर्शन पुनः सहकार्य गर्दै, लभ स्टोरी चलचित्रमा प्रदीप पक्का



काठमाडौं। अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले सहकार्य गर्ने भएका छन्। मङ्गलवार सुदर्शनले केही तस्बिर सार्वजनिक गरेका छन्, जसमा उनी र खड्काबिच सम्झौता भइरहेको छ। सम्झौता पत्र सुदर्शन थापा प्रडक्सनको रहेको छ।

यसअघि प्रदीप र सुदर्शनले आठ वर्षअघि रिलिज भएको ‘प्रेमगीत’ चलचित्रमा सहकार्य गरेका थिए, जहाँ प्रदीपलाई सुदर्शनले निर्देशन गरेका थिए। सो चलचित्र सन्तोष सेनले निर्माण गरेका थिए। बताइए अनुसार अब हुने सहकार्य पनि लभ स्टोरी चलचित्र नै रहेको छ। यसको निर्माण भने सुदर्शन आफैँले गर्नेछन्। ‘अनटाइटल’ चलचित्रको प्रमुख भूमिकामा प्रदीपसँग सम्झौता गरेको निर्देशक थापाले बताएका छन्।

सुदर्शनले ‘रावायण’को छायाङ्कन सकिएपछि यो चलचित्र बनाउने र २०८१ सालभित्रै रिलिज गर्ने तयारी गरेको बुझिएको छ।

प्रदीप अभिनित पछिल्लो चलचित्र ‘पुजार सार्की’ जेठ १० गते रिलिज हुँदैछ। यो चलचित्र प्रदीपको लागि महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu