![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/04/HARSHOW-DEERGHA-POSTER-HARIHAR-ADHIKARI.jpg?resize=720%2C405&ssl=1)
काठमाडौं। जन्मदिनको अवसर पार्दै नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’का प्रमुख अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरिएको छ। पोस्टर मार्फत सार्वजनिक लुक्समा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ।
एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन्। हरिहर प्रसिद्ध युवा ज्योतिष समेत हुन्। यसअघि कलाकार दक्षिण भारतीय कलाकार ब्रम्हानन्दमको तस्बिर मात्र समावेश गरिएको पोस्टर रिलिज गरिएको थियो।
प्रेमकथा रहेको यो चलचित्रको तेस्रो चरणको छायाङ्कन बाँकी नै छ। यसको बाँकी छायाङ्कन भारतको मुम्बईमा हुने बताइएको छ।
असोज ११ गते रिलिज हुने यस चलचित्रका निर्देशक चन्द्र पन्त हुन्। हरिहर अधिकारीको कथा रहेको यस चलचित्रमा कविरलालको छायाङ्कन छ। निता ढुङ्गानाको निर्माण रहेको यसमा केही दक्षिण भारतीय कलाकारहरू, ब्रम्हानन्दम, हरिहरका अलावा निता ढुङ्गाना, बिपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ।