‘फर्की फर्की’को ट्रेलर सार्वजनिक, अनमोल बने भगवान् 



काठमाडौँ। सुपरस्टार अनमोल केसीको अभिनय रहेको नेपाली चलचित्र ‘फर्की फर्की’को पहिलो ट्रेलर रिलिज भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै जेठ १० गते रिलिज हुने यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरले समय यात्राको कथा खुलासा गर्छ। चलचित्रमा अनमोलले ‘सुपर पावर’ रहेको पात्रको भूमिका निभाएका छन्। उनले आफूलाई भगवान् भनिरहेको देखिन्छन्। अभिनेत्री जसिता गुरुङले अनमोलको प्रेमिकाको भूमिका निभाएकी छन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्देशक सुयोग गुरुङले नेपालमा पहिलो पटक ‘टाइम ट्राभल’ कथामा चलचित्र बनेको दाबी गरे। उनले दर्शकले अलग स्वादको चलचित्र हेर्न पाउने बताए। 

अभिनयको दश वर्षे करियरमा यो अनमोलको दशौँ चलचित्र हो। उनले आफ्नो लागी यो प्रोजेक्ट एकदमै नयाँ रहेको बताए। उनले सुरुमै ‘फेन्टासी जनर’को आइडिया सुन्दा एकदमै मन परेको र यो ट्रेलरमा चलचित्रको सार मात्र देखाइएको बताए। अर्को ट्रेलरमा थप कथा खुलाइने उनले बताए।

यो चलचित्र ओम प्रकाश अग्रवालसँगको सहकार्यमा रोहित अधिकारीले निर्माण गरेका हुन् । यसमा अनमोल र जसिताको साथमा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu