रोकिएको अवार्डलाई निरन्तरता दिँदै कलाकार सङ्घ, फान अवार्डको तेस्रो संस्करण हुने



काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घले केही वर्ष देखि रोकिएको फान अवार्डलाई निरन्तरता दिने भएको छ। यसै वर्ष तेस्रो संस्करण आयोजना गर्दै वि.सं. २०७४ सालदेखि रोकिएको अवार्ड सुचारु गर्न लागेको महासचिव सबिन श्रेष्ठले बताएका छन्।

कलाकार सङ्घले वि.सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो। वि.सं २०७९ र २०८० सालमा रिलिज भएका चलचित्रहरूलाई एकसाथ अवार्ड दिइने बताइएको छ। यसै वर्ष हुने अवार्डका लागि केही दिनमै आवेदन फाराम खोल्ने तयारी सङ्घको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu