अशोक दर्जीको कथामा टङ्क बुढाथोकीले चलचित्र बनाउने



काठमाडौं। गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ शीर्षकमा चलचित्र बनाउने भएका छन्। यो शीर्षक बाल गायक अशोक दर्जी र टङ्क बुढाथोकीको हिट गीतबाट लिइएको हो।

यो चलचित्रमा टङ्क बुढाथोकीको निर्माण तथा निर्देशन रहनेछ। बाल गायक अशोक दर्जीको जीवन र साङ्गीतिक करिअरको उतारचढावमा आधारित रहेर चलचित्रको स्क्रिप्ट शिवम अधिकारीले लेखेका छन्।

चलचित्रमा अशोक दर्जीको नै मुख्य अभिनय रहने बताइएको छ। अन्य कलाकारबारे खुलासा गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu