ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ र निश्चल उत्कृष्ट



काठमाडौँ। शनिवार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ सर्वोत्कृष्ट घोषित भएको छ । निर्देशक भने ‘दिमाग खराब’का निश्चल बस्नेत सर्वोत्कृष्ट बने।

यस्तै, ‘दिमाग खराब’की अभिनेत्री स्वस्तिमा खड्का सर्वोत्कृष्ट बनिन् भने ‘नाङ्गो गाउँ’का अभिनेता दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए। ‘सतीदेवी’ले पटकथाको अवार्ड पनि जित्यो भने अभिनेत्री मलिका महतले यही चलचित्रबाट उत्कृष्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन्। सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुसाल अभिनीत ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो। रङ्ग संयोजन तर्फ ‘दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए।

लघु चलचित्र तर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट भयो भने उत्कृष्ट सांस्कृतिक चलचित्रको अवार्ड बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले प्राप्त गर्‍यो। सिनेमा आर्ट्स उत्कृष्ट चलचित्र निर्माण कम्पनी घोषित भयो। उत्कृष्ट म्युजिकल लघु चलचित्र ‘अन्तै माया’, उत्कृष्ट लघु चलचित्र जुरी मेन्सन अवार्ड ‘रित्तो गाउँ’, उत्कृष्ट वृत्तचित्र ‘द आइरन डिगर’, उत्कृष्ट सम्पादक बनिश शाह (नाङो गाउँ), उत्कृष्ट छायाकार सङ्कल्प भुजेल (विच्छेद)ले अवार्ड प्राप्त गरे।

महोत्सवमा चलचित्रहरू दिमाग खराब, नाङ्गो गाउँ, विच्छेद, सतीदेवी, डेसान लगायत निःशुल्क प्रदर्शन भए। साथमा केही लघु चलचित्र, वृत्तचित्र र विभिन्न भाषा भाषीका चलचित्रहरू पनि प्रदर्शन भए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu