‘रावायण’को छायाङ्कन सुरु



चलचित्र ‘रावायण’को छायाङ्कन सुरु भएको छ। सोमबार धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा शुभ-मुहूर्त गर्दै निर्देशक सुदर्शन थापाले छायाङ्कन सुरु गरेका हुन्।

मुहूर्तमा कलाकारहरू पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ लगायत उपस्थित थिए। पहिलो दृश्य रेल्वे स्टेसन खिचिएको छ। यो एक्सन दृश्य हो।

मङ्गलवारबाट यस चलचित्रको छायाङ्कन सर्लाही लालबन्दीमा हुने बताइएको छ। एक्सन प्रधान यस चलचित्रमा प्रियङ्का कार्की, निकिता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको पनि अभिनय रहनेछ।

यस चलचित्रका लागि अभिनेता पल शाहले केही हप्ता बन्द प्रशिक्षण समेत लिएका थिए। यसमा उनी दोहोरो भूमिकामा देखिनेछन्। ‘रावायण’मा शिवम् अधिकारीको लेखन रहेको छ । यस चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माण गर्दैछन्। आगामी भदौ २१ गते रिलिज मिति तोकिएको छ।

शाह अभिनीत पछिल्लो चलचित्र ‘पुजार सार्की’ जेठ १० गते रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu