‘एक्टर’को शुभ साइत, दिव्या भन्छिन्, ‘प्रदीप मलाई मन पर्छ’



काठमाडौं। नेपाली चलचित्र ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ। मङ्गलवार बिहान ललितपुरको कार्य विनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै यसको शुभ साइत गरिएको हो।

मुहूर्त कार्यक्रममा मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, दिव्य देव लगायत उपस्थित भए। वैशाखको अन्तिम साताबाट छायाङ्कनमा जाने यस चलचित्रको मुख्य भूमिकामा अभिनेता राजबल्लभ कोइराला र सलोन बस्नेतको पनि अभिनय रहनेछ। हाल अमेरिका बस्दै आएका राजबल्लभ चलचित्रको छायाङ्कनको समयमा मात्र नेपाल आउनेछन्।

अभिनेत्री रायमाझीले यही चलचित्रबाट डेब्यु गर्दै छिन्। उनी अभिनेता दिलीप रायमाझीकी छोरी हुन्। दिव्याले अभिनेता प्रदीप खड्का आफ्नो मन पर्ने कलाकार रहेको बताइन्। अभिनेता प्रदीप खड्कालाई सुरुदेखि नै मन पर्ने बताउँदै दिव्याले सँगै काम गर्न पाउँदा खुसी लागेको बताइन्। अभिनेता खड्काले दिव्या नेपाली चलचित्रमा आउँदा आफू खुसी रहेको बताए।

केही वर्षदेखि अमेरिका बस्दै आएकी दिव्या परिवारसहित केही दिन अघि नेपाल फर्केकी थिइन्। उनले आफ्नो जन्मभूमिलाई कर्मभूमि बनाउने मन भएर नेपाल फर्केको बताइन्।

आगामी कार्तिक १५ गते रिलिज मिति तोकिएको यस चलचित्रलाई राजन भुसालले निर्देशन गर्दै छन् भने थमन कुमार भण्डारी निर्माता हुन्। एनिस भुसाल र सार्थक केसी सह–निर्माता हुन्। नरेन्द्र मैनालीले छायाङ्कन गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu