लमजुङमा ‘भाइरल गोर्खे’ को शुभ मुहूर्त, छायाङ्कन सुरु



बेशिसहर। अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गर्ने चलचित्र ‘भाइरल गोर्खे’ को शुभ मुहूर्त गरिएको छ। मङ्गलवार लमजुङको भुजुङ गाउँमा निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरू सौगात मल्ल, लक्ष्मी गिरीलगायतको उपस्थितिमा मुहूर्त गरिएको हो।

शुभ मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ। शुभ मुहूर्तमा निर्माता लामिछानेले सामाजिक सञ्जालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथालाई चलचित्रमा देखाइएको बताए। अभिनेता मल्लले आफूले दर्शकलाई सधैँ नयाँ स्वाद दिन खोज्ने भन्दै यस चलचित्रमा पनि केही फरक देख्न सकिने बताए। चलचित्रमा सौगात र लक्ष्मी आमा छोराको भूमिकामा छन्। चलचित्रमा बुद्धि तामाङको पनि मुख्य भूमिका छ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रको अधिकांश छायाङ्कन लमजुङको भुजुङ गाउँमा हुनेछ। गोरखा र चितवनमा पनि केही दिन छायाङ्कन हुने निर्देशक निगम श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu