‘बोक्सीको घर’को प्रिमियर (फोटो फिचर)



काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बोक्सीको घर’को प्रिमियर गरिएको छ। बुधवार काठमाडौंमा आयोजित प्रिमियरमा यस चलचित्रले उत्साहजनक प्रतिक्रिया गरेको छ।

भुवन केसी, दीपाश्री निरौला, प्रकाश सपुत, स्वस्तिमा खड्का, निशा अधिकारी, रीमा विश्वकर्मा, बेनिशा हमाल, ज्ञानेन्द्र देउजा, अशोक शर्मा, भोलाराज सापकोटा, रबिन्द्र झा, बिशाल भण्डारी, प्रशान्त ताम्राकार, आनी छोइङ डोल्मा, सन्तोष पन्त, प्रदिप भट्टराई लगायतका कलाकारहरूले प्रिमियरमा यो चलचित्र हेरेका थिए। यो चलचित्रकी निर्माता तथा अभिनेत्री केकी अधिकारीलाई शुभकामना दिनको लागि कलाकारबाहेक पत्रकार, कूटनीतिक क्षेत्र, व्यवसायी तथा अन्य विभिन्न क्षेत्र व्यक्तिहरू पुगेका थिए।

चलचित्र हेरपछि केकीले यो विषयलाई इमानदारिताका साथ चलचित्रमा ल्याएको प्रतिक्रिया प्राप्त भएको छ। यसका सबै कलाकारहरूले अत्यन्तै सुन्दर अभिनय गरेको र हरेक नेपालीले एक पटक यो चलचित्र हेर्नै पर्ने प्रतिक्रिया प्रिमियरबाट प्राप्त भएको छ।

चलचित्रले हाम्रो समाजमा व्याप्त कथित बोक्सीको नाममा हुने महिला हिंसाको कथा र बालविवाहका कारण निम्तिएको कहालीलाग्दो कथालाई देखाएको छ। यसको प्रमुख भूमिकामा केकीको अभिनय छ भने केकीको बाल्यावस्थाको भूमिकामा बाल कलाकार सुपला सापकोटाले अभिनय गरेकी छन्।

यस चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ। यसमा उनी स्वयं केकीको श्रीमानको भूमिकामा प्रस्तुत छन्। रमा थपलिया, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको फिल्ममा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता हुन्।

फोटोः ट्राइडेन्ट कन्सेप्ट

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu