सौगात र सृष्टिसँग ऋषि धमलाको अभिनय



काठमाडौं। चर्चित पत्रकार ऋषि धमलाले चलचित्र ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन्। उनले बिहीबार सम्झौता गर्दै यस चलचित्र पत्रकारकै भूमिका निर्वाह गर्ने सहमति भएको छ।

निर्देशक निगम श्रेष्ठका अनुसार यस चलचित्रमा धमलाको भूमिका अर्थपूर्ण रहनेछ। “पत्रकारको भूमिका हामीले ऋषि सरकै लागि भनेर लेखेका थियौँ। त्यसमा उहाँबाहेक अरूलाई सुहाउँदै सुहाउँदैन। उहाँले पनि भूमिका मन पराएर काम गर्न तयार हुनुभयो। फिल्ममा उहाँको अर्थपूर्ण उपस्थिति रहनेछ,” श्रेष्ठले बताए। धमलाले यसअघि सन् २०१६ मा प्रदर्शन भएको चलचित्र ‘हाउ फन्नी’मा पहिलो पटक अभिनय गरेका थिए।

यस चलचित्रमा सौगात मल्ल, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ। यसको केही दिनदेखि भुजुङ गाउँमा फिल्मको छायाङ्कन भइरहेको छ। यसपछि गोरखा र चितवनमा छायाङ्कन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu