पत्रकार तथा निर्देशक तुलाधरलाई आर्थिक सहयोग



काठमाडौं। वरिष्ठ चलचित्र पत्रकार तथा निर्देशक विजय रत्न तुलाधर बिरामी परेपछि आर्थिक सहयोग गरिएको छ। चलचित्र क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि सक्रिय रहेका तुलाधरलाई नेपाल चलचित्र निर्देशक समाजको पहलमा आर्थिक सहयोग सङ्कलन गरी रकम हस्तान्तरण गरिएको हो ।

केही समययता तुलाधर मुटु रोग र मिर्गौला रोगले पीडित भई शहीद गङ्गालाल हृदय रोग अस्पतालमा उपचाररत हुनुहुन्छ । संयुक्त राज्य अमेरिकामा रहेका निर्देशक सुमन दाहाल र नेपालमा निर्देशक एभरेस्ट सूर्य बोहराको सक्रियतामा आर्थिक सहयोग सङ्कलन गरी एकमुष्ट दुई लाख उन्नाइस हजार एघार रुपैयाँ निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, सचिव देवेन्द्र पाण्डे, कार्यसमिति सदस्य अमर वलीलगायतले तुलाधरलाई हस्तान्तरण गरेका हुन्।

तुलाधरले निर्देशक समाजले आफूप्रति देखाएको सदाशयतामा खुसी व्यक्त गर्दै बोहरा र दाहाल लगायत सबै सहयोगीलाई आभार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu