दोस्रो तालिकामा छायाङ्कन हुँदै धिरज र उपासनाको ‘खुस्मा’



काठमाडौं। गत माघमा मनाङमा पहिलो चरण छायाङ्कन गरेको चलचित्र ‘खुस्मा’को दोस्रो चरणको छायाङ्कन सुरु भएको छ। यसको दोस्रो चरणको छायाङ्कन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो।

अशोक थापा मगरले निर्देशन गरिरहेको यस चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ। पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा यसको छायाङ्कन हुनेछ। मगर समुदायको परिवेशमा निर्माण हुन लागेको चलचित्रले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमको कथा भन्नेछ।

रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो। उनी त्यहाँबाट २ वर्षको उमेरमा बेलायत गएका थिए। यस चलचित्रमा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ।

‘खुस्मा’ आगामी असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu