चलचित्र ‘आँखा’को पोस्टर सार्वजनिक, असार १४ मा प्रदर्शन हुने



काठमाडौं। आगामी असार १४ लाई प्रदर्शन मिति तोक्दै नेपाली चलचित्र ‘आँखा’को पोस्टर सार्वजनिक गरिएको छ। जौन योन्जनको निर्देशनमा बनेको यसको पोस्टरमा सूर्यमुखी फूललाई केन्द्रमा राखिएको छ।

“मानवता, सामाजिक दबाब, नैतिक र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन्। यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको सङ्घर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराई सम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण हो,” पोस्टर रिलिज गर्दै निर्देशक योन्जनले भनेका छन्, “दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधि भित्रको रमाइलो कथा ‘आँखा’ हो।”

पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन्। आरआर फिल्मसले यसलाई वितरण गर्नेछ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको यस चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल मुख्य अभिनयमा छन्। यो चलचित्र ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu