शे फोक्सुन्डोमा अन्तिम दृश्य खिच्दै सकियो ‘द्रौपदी’



काठमाडौं। छायाङ्कन सुरु भएको ४४ दिनमा नेपाली चलचित्र ‘द्रौपदी’को इन्डक्ल्याप भएको छ।अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभ मुहूर्त गरी छायाङ्कन थालिएको यसको शुक्रवार शे फोक्सुन्डो तालमा अन्तिम दृश्य खिचिएको हो।

निर्देशक ऋषिराज आचार्यले अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी यो चलचित्र निर्माण गरिएको बताएका छन्। चार वर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइने ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु सुवास ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ।

यो चलचित्र नारी प्रधान रहेको निर्देशकले बताए। आचार्यले यसअघि ‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’,‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘ड्रिम गर्ल’ र ‘चुरीफुरी’ चलचित्र निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu