चलचित्र ‘मनसरा’को पहिलो गीत रिलिज



काठमाडौं। वैशाख २१ गते रिलिज हुने नेपाली चलचित्र ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ। सोमबार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको’मा बोलको गीतमा मुख्य कलाकारहरूका दृश्यहरू समावेश गरिएका छन्। यसमा झुमा लिम्बुको कम्पोजिसन, हर्क साउदको शब्द रचना तथा सनुप पौडेल र झुमा लिम्बुको स्वर रहेको छ।

उपेन्द्र सुब्बाले निर्देशन गरेको यस चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन्। बाहुन बाजे बनेका अभिनेता प्रवीण खतिवडाको लिम्बुनीको भूमिकामा रहेकी अभिनेत्री मिरुना मगरसँगको निकटता, बाजेकी नेवारी पत्नी बनेकी अभिनेत्री मेनुका प्रधानसँगको अमिलो सम्बन्धको कथा यस चलचित्रमा रहेको छ। साथै, दयाहाङ र मिरुनाको सम्बन्धको कथा पनि चलचित्रको ट्रेलरमा देखाइएको छ।

निर्देशक सुब्बाकै लेखन रहेको यस चलचित्रका निर्माता शैलेन्द्र ध्वज कार्की हुन्। कार्की यस चलचित्रका छायाकार समेत हुन्। यसमा विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन्। निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ्ग संयोजनको साथमा श्रवल राज पाण्डेको साउन्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu