बिराजको ‘१२ गाउँ’मा सनिशा



काठमाडौं। अभिनेता बिराज भट्टले निर्देशन गर्ने चलचित्र ‘१२ गाउँ’मा मोडल सनिशा भट्टराई अनुबन्धित भएकी छन्। पछिल्लो समयमा म्युजिक भिडियोमा चर्चित सनिशाले यही चलचित्रमार्फत नेपाली रजतपटमा पाइला चाल्दै छिन्। चलचित्रका निर्मातासमेत रहेका बिराजले सामाजिक सञ्जाल फेसबुकमार्फत सनिशा चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका छन्।

सनिशाले अभिनय गरेका ‘ए होर माया’, ‘आँसु बनी नखस कहिले नि’, ‘तिमीलाई हेर्ने बानी पर्‍यो’, ‘साइँली’, ‘लुम्बिनी कर्णाली’ जस्ता भिडियो रुचाइएका भिडियोमा पर्दछन्।

यसै वर्षबाट छायाङ्कनमा जाने चलचित्रमा बिराजको पनि अभिनय रहनेछ। चलचित्रमा उनका छोरा समीर भट्ट पनि अभिनय गर्नेछन्। चलचित्रमा सनिशासँगै पूर्व मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्काको पनि डेब्यू हुनेछ भने कनिज कोइराला खलनायक भूमिकामा देखिँदै छन्।

सन्तोष सरकारको कथा र पटकथा रहने चलचित्रमा तमिल चलचित्रमा द्वन्द्व निर्देशकका रूपमा परिचित स्टन्ट सिल्भाको पनि अभिनय हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu