‘मनसरा’लाई कुन हलमा कति शो ?



काठमाडौं। शुक्रवार रिलिज हुने नेपाली चलचित्र मनसराको शो खुला भएका छन्। शो खुलेसँगै बुकिङ पनि खुलेको छ। बुधवारदेखि क्यूएफएक्सलगायत हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन्।

देशकै अग्रणी मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २८ र मोफसलमा ४१ शो गरी देशभर ६९ शो उपलब्ध गराएको छ। काठमाडौंको बानेश्वर र कालीमाटीमा रहेको वान सिनेमाजले दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ। काठमाडौंको बिग मुभिजले ६ शो दिएको छ भने नेपाली चलचित्रको व्यापारको लागि उत्कृष्ट मध्ये एक मानिने एफक्युब सिनेमाले ८ शो दिएको छ। जमलको विश्वज्योती सिनेमाले ६ शो दिएको छ।

मल्टिप्लेक्स चेन आईएनआई सिनेमाले काठमाडौंका दुई हल र बुटवलको एक हलमा जम्मा १४ शो खुलाएको छ। काठमाडौं र बाहिरका अन्य हलमा पनि राम्रो शो सङ्ख्या देखिएको छ। यो समाचार तयार पार्दा (बुधवार अबेर)सम्म करिब दुई सयको सङ्ख्यामा यस चलचित्रका शो देखिएका छन्। गत साता रिलिज भएको नेपाली चलचित्र ‘बोक्सीको घर’ले पनि केही हलहरू कायम राख्ने देखिँदाको बाबजुद मनसराले प्राप्त गरेका शोहरू सुखद हुन्।

उपेन्द्र सुब्बाको निर्देशन रहेको यो चलचित्रको बुधवार साँझ प्रिमियर समेत गरिएको छ। प्रिमियरबाट यसले राम्रो प्रतिक्रिया पाएको छ। यसमा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन्। यसका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu