हलमा ‘मनसरा’ रिलिज, दोस्रो हप्तामा ‘बोक्सीको घर’



काठमाडौं। नेपाली चलचित्र ‘मनसरा’ रिलिज भएको छ। देशभर लगभग साढे २ सय शो सहित उपेन्द्र सुब्बाले निर्देशन गरेको यो चलचित्र रिलिज भएको हो। यसमा अभिनेता दयाहाङ राईको विशेष भूमिका सहित अभिनेता प्रवीण खतिवडा र अभिनेत्रीद्वय मिरुना मगर र मेनुका प्रधानको प्रमुख भूमिका छ।

उपेन्द्रले निर्देशन गरेको ‘जारी’ गत वर्ष रिलिज भएको थियो, जुन निकै सफल चलचित्र हो। निर्देशकदेखि ‘स्टारकास्ट’सम्म एउटै भएकाले मनसरालाई विशेष रूपमा हेरिएको छ। बुधबार साँझ भएको प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो।

यस चलचित्रमा काठ क्षेत्रका गरिखाने वर्ग र उनीहरुको सम्बन्धको आयामलाई देख्न सकिन्छ। यसका लेखक पनि निर्देशक सुब्बा नै हुन्। शैलेन्द्र के. कार्कीले छायांकन सँगै चलचित्र निर्माण गरेका हुन्।

साथै, चलचित्र ‘बोक्सीको घर’ अत्यधिक सफलतासहित दोस्रो हप्तामा पुगेको छ भने ‘डिग्री माइला’ चौथो हप्ता र ‘महाजात्रा’ सातौँ हप्तामा प्रदर्शन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu