प्रकाश सपुतले चलचित्र निर्देशन गर्दै, आफ्नै कथा भन्ने प्रयास



काठमाडौं। गायक प्रकाश सपुतले चलचित्र निर्देशन गर्ने भएका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै जातीय विभेदमा आधारित रहने गरी ‘वसन्त’ निर्माण तथा निर्देशन गर्ने जानकारी दिइएको छ। सम्मेलनमा यस चलचित्रको टिजर सार्वजनिक पनि गरिएको छ।

चलचित्रमा प्रकाश आफैले अभिनय गर्दै छन् भने स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरेको पनि अभिनय रहने छ। यसमा प्रकाशले नै सङ्गीत दिएका छन् भने पटकथा पनि उनकै रहने छ।

लेखक बन्ने सपना बोकेको विश्वकर्मा समुदायको छोराको कथामा यो चलचित्र बन्न लागेको टिजरमा देखिन्छ। प्रकाशले आफ्नै जीवनको कथालाई चलचित्रमा ल्याउन लागेको बताएका छन्।

यो चलचित्रलाई गलबन्दी प्रोडक्सनले निर्माण गर्नेछ भने कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन छन्। आगामी चैते दसैँमा चलचित्र रिलिज मिति तोकिएको छ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu