‘खजुरे ब्रो’ रिलिज, महेशलाई प्रशंसा



काठमाडौं। नेपाली चलचित्र ‘खजुरे ब्रो’ देशभर रिलिज भएको छ। बुधवार यो चलचित्रले काठमाडौंमा र बिहीबार धरानमा प्रिमियर शो को आयोजना गरिएको थियो। यो चलचित्रको प्रमुख भूमिकामा महेश त्रिपाठी,  नीति शाह, रेअर राई, नविन मानन्धर, विनिता थापा मगर, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतको अभिनय छ।

चलचित्रको प्रिमियरबाट अभिनेता महेश त्रिपाठीले प्रशंसा प्राप्त गरेका छन्। गत वर्ष चलचित्र ‘हल्कारा’बाट विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेका महेशको लागि भएपनि यो चलचित्र हेर्नुपर्ने प्रिमियर तथा रिलिज पछि चलचित्र हेरेका दर्शकले प्रतिक्रिया दिएका छन्। यो चलचित्रमा उनी शीर्षक भूमिका ‘खजुरे ब्रो’ अर्थात् रियर राईको साथीको भूमिकामा अभिनय गरेका छन्। उनको लुक्स देखि संवाद बोल्ने स्टाइल फरक छ। पूर्वी नेपालको धरानको कथामा बनेको  यो चलचित्रमा उनले धराने चरित्र निभाएका छन्, जसमा उनको अभिनय र संवादबाट धराने नै लाग्छन्।

यही चलचित्रबाट  पूर्व मिस इन्टरनेशनल नेपाल समेत रहेकी निति शाहले चलचित्रमा डेब्यू गरेकी छन्। उनले अभिनेता रियर राईको ‘अपोजिट’मा अभिनय गरेकी छन्। यो चलचित्रमा धरानमा बस्ने दुई अल्लारे युवा (साथी)को विन्दास जीवन र पैसाका लागि गरेको सङ्घर्षको कथा छ।

यसका निर्देशक सुरज सुनुवार हुन्। नविन मानन्धर तथा निर्देशक सुनुवार निर्माता रहेको चलचित्रको सह-निर्मातामा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर छन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu