मनसराः पहिलो साता ३ करोड २० लाखको व्यापार



काठमाडौं। उपेन्द्र सुब्बाले निर्देशन गरेको नेपाली चलचित्र ‘मनसरा’ले पहिलो साता  ३ करोड २० लाख कमाएको निर्माण टिमले दाबी गरेको छ। शुक्रवार कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै चलचित्रले ‘वर्ड अफ माउथ’ प्राप्त गरेका कारण व्यापारमा गति लिन सक्ने बुझिएको छ।

यसैबिच, बिहीबार चलचित्रको विशेष शो आयोजना गरियो। उक्त शो मा राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेन, गायक तथा अभिनेता प्रकाश सपूत, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री द्वय रेजिना उप्रेती र लुनिभा तुलाधरसहित नेपाल प्रहरीका उच्चपदस्थ कर्मचारी र फुटबल खेलाडी लगायतले चलचित्र हेरे।

राप्रपा अध्यक्ष लिङदेनले चलचित्रले नेपालको जातीय र सांस्कृतिक विविधता जोड्ने कोसिस गरेको बताए। गायक सपूतले यो चलचित्र हेर्दा राम्रो किताब पढेको जस्तो महसुस भएको अनुभव सुनाए। 

यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu