गायक भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र ‘आचार्य’ पुनः रिलिज हुने



काठमाडौं। स्व. गायक भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः रिलिज हुने भएको छ। पहिलो रिलिजको १३ वर्षपछि आगामी असार ७ गते फिल्मलाई पुनः प्रदर्शन गरिने बताइएको छ।

यसलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिने बताइएको छ। नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले चलचित्र प्रदर्शन गर्नेछ।

यसमा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले अभिनय गरेका छन्। उनी निर्माता पनि हुन्। पहिलो पटक चलचित्र रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको सत्यले बताए। आगामी साता ट्रेलर रिलिज गरिँदै छ।

प्रशान्त रसाइलीको निर्देशनमा बनेको यो चलचित्र सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको अभिनय छ। २०६८ साल (सन् २०११)मा यो चलचित्र रिलिज भएको थियो।

यस चलचित्रमा गायक आचार्यले पाएको सफलता, उनले गरेको सङ्घर्ष र उनले भोगेका दुःखको कथा रहेको छ। २०४६ सालमा साङ्घातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो। डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो। यसपछि उनको सुर र स्वर गुम्न पुग्यो। त्यो घटनालाई पनि यो चलचित्रमा हेर्न सकिन्छ।

आचार्यको गत फागुनमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu