‘दान्भी’को गीत सार्वजनिक



काठमाडौं। असार ७ गते रिलिज हुने नेपाली चलचित्र ‘दान्भी’को गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ। गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको सङ्गीत तथा प्रदिप प्रखर पोखरेलको शब्द रचना छ। भिडियोमा अभिनेत्री पूजा शर्मा र अभिनेता कुन्साङ बोमजन रोमान्टिक भावमा देखिएका छन्।

रुपेश तामाङले निर्देशनमा बनेको यस चलचित्रमा सन्जोग कुँवर रानाको पटकथा/संवाद तथा रविना थापा मगरको कथा रहेको फिल्ममा हरिप्रसाद घलेको डीओपी र बन्दे प्रसादको सम्पादन छ।

‘लभर गर्ल’को भूमिकामा देखिँदै आइरहेकी पुजा शर्मा यस चलचित्रमा एक्सन भूमिकामा प्रस्तुत हुँदै छिन्। 

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu