मकवानपुरका चलचित्र पत्रकार गौतम पुरस्कृत



काठमाडौं। चलचित्र पत्रकार सङ्घ मकवानपुर शाखाका निर्वतमान अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। काठमाडौंमा आयोजित १५ औँ डी सिने अवार्डमा उनले नगद १५ हजार रुपैयाँसहित ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्राप्त गरेका हुन्।

काठमाडौं र हेटौँडामा रहेर दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील उनलाई नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नेपालीकी पहिलो नायिका भुवन चन्द र सङ्गीतकार शम्भुजीत बासकोटा लगायतले पुरस्कार हस्तान्तरण गरे। पुरस्कार प्राप्त गरेपछि गौतमले कामको सम्मान भएकोमा खुसी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu