‘ह्रस्व दीर्घ’को पोस्टरमा बिपना थापासँगै दक्षिण भारतीय कलाकार विजय रावत



काठमाडौं। चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक पोस्टरमा दक्षिण भारतीय चलचित्रमा लोकप्रिय कलाकार विजय रावत र नेपाली चलचित्रकी एक समयकी चर्चित अभिनेत्री बिपना थापा फिचर्ड छन्।

सार्वजनिक पोस्टरमा रावत धार्मिक गुरुजस्तै लाग्छन्। कालो वस्त्रमा देखिएकी बिपना विस्मयान्वित भावमा छिन्। यद्यपि निर्माण पक्षले रावत र थापाको भूमिकाबारे प्रस्ट पारेको छैन। यसअघि वैशाख पहिलो साता सार्वजनिक पोस्टरमा अभिनेता हरिहर अधिकारीको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरिएको थियो।

अभिनेत्री निता ढुङ्गाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीले निर्माण गरेको यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका छन्। आगामी दसैँको अवसरमा असोज ११ गते रिलिज हुने यस चलचित्रमा हरिहर र निताको नै प्रमुख अभिनय रहेको छ। यसमा नेपालीसँगै भारतीय चर्चित कलाकारको अभिनय छ। सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रवीन्द्र झालगायत नेपाली कलाकारको पनि अभिनय छ। भारतीय कलाकार विजयसँगै ब्रह्मानन्दमको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu