जेठ २५ बाट छायाङ्कनका जाँदै ‘ऊनको स्विटर’



काठमाडौं। नवीन चौहानले निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘ऊनको स्विटर’ यही जेठ २५ गतेबाट छायाङ्कनमा जाने भएको छ। निर्माण कम्पनी आर्टमान्डूका अनुसार यो चलचित्रलाई पाँचथरका विभिन्न स्थानमा खिचिनेछ। टिमका केही सदस्यहरू भने दश दिन अगाडी नै छायाङ्कन स्थल पुग्ने तालिका छ।

यस चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहने छ। तीन महिनाअघि यसको शीर्ष गीत ‘फूल’को पूरा अंशसँगै विपिन र मिरुनाको नयाँ अवतार पनि सार्वजनिक गरिएको थियो। 

‘ऊनको स्विटर’  निर्देशक चौहानको पहिलो फिचर चलचित्र हो। उनले यसअघि आर्टमान्डूले निर्माण गरेका केही म्युजिकल चलचित्रहरू निर्देशन गरेका थिए। ती सबै लोकप्रिय छन्।

चलचित्रमा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमु, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका छ। परीक्षाले अभिनय गरेको चलचित्र ‘पुजार सार्की’ यही जेठ १० गते रिलिज हुँदैछ।

यस चलचित्रलाई निर्देशक चौहानले नै लेखेका छन् भने सह-लेखन सुरज कटुवालले गरेका छन्। चलचित्रमा मुख्य सहायक निर्देशक फिरोज खड्का छन्। गायक सुजन चापागाईँ र  कोविद बज्रले सङ्गीत निर्देशन गर्नेछन्। गीतमा हर्क साउदको शब्द रचना रहनेछ। चलचित्रमा झुमा लिम्बुको पनि एउटा गीत रहेको छ। चलचित्रमा सुरज तमुले कास्टिङ निर्देशन गर्नेछन्। चलचित्रलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्। चलचित्रमा काजी रानाले प्रोडक्सन डिजाइन गर्नेछन्। चलचित्रको सम्पादन कृष्ण भण्डारीले गर्नेछन्।

रोयल भीमसेन (ट्राइडेण्ट कन्सेप्ट)को पोस्टर र पब्लिसिटी डिजाइन रहने यसको काठमाडौं उपत्यका वितरण अधिकार काफिया फिल्मस र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसनले लिएका छन्। यो वर्षको शरद ऋतुमा चलचित्र प्रदर्शन गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu