रिलिज भए ‘पुजार सार्की’ र ‘फर्की फर्की’



काठमाडौँ। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह लगायतका कलाकारहरूको अभिनय रहेको नेपाली चलचित्र ‘पुजार सार्की’ रिलिज भएको छ।  त्यसै गरी अनमोल केसी, जसिता गुरुङ लगायतको अभिनय रहेको चलचित्र ‘फर्की फर्की’ पनि रिलिज भएको छ। 

यी दुवै चलचित्रहरूले देशभर उल्लेख्य शो प्राप्त गरेका छन्। ‘पुजार सार्की’ नेपालबाहिर पनि रिलिज भएको छ। ओभरसिजमा ४० देशका २५० सहरमा एकसाथ रिलिज भएको यो चलचित्र नेपालमा आरआर फिल्म्स र विदेशमा एमएसएम इन्टरटेन्मेण्टले वितरण गरेको छ। 

‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्। किङ्गडम नेटवर्कको ब्यानरमा सुवास भुसालले निर्माण गरेको यस चलचित्रमा अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतको पनि अभिनय छ। लेखक विकास सुवेदी हुन्। 

‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका छन्। यो चलचित्र पनि विदेशका केही देशहरूमा समेत प्रदर्शनमा आएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu