‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक



काठमाडौं। नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबिच साढे ३ मिनेट लम्बाइको ट्रेलर सार्वजनिक गरिएको हो। 

एउटा गाउँमा पहिलो पटक सडक र सवारी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा ट्रेलरमा देखिन्छ। यसमा नाबालक छोरा र पिताको सम्बन्धको कथा पनि पेस गर्छ। 

अभिनेता दयाहाङ राई बाँसको चोयाबाट डोको, डालो, नाङ्लो बनाएर जीविका पार्जन गरिरहेका छन्। श्रीमती र एक छोरासँग उसको जीवन चलेको छ। जब गाउँमा सडक र सवारी आउँछ, उसको पेसा सङ्कटमा पर्छ। गाउँमा बजारका रेडिमेड वस्तुको प्रयोग बढेपछि बाँसबाट बनेका सामाग्री बिक्री हुन छाड्छन्। त्यसपछि दयाहाङको पात्रले गर्ने सङ्घर्षलाई ट्रेलरमा देखाइएको छ ।

यही जेठ २५ गते रिलिज हुने यस चलचित्रमा दयाहाङको श्रीमतीको भूमिका पशुपति राईले निर्वाह गरेकी छन् भने छोराको भूमिकामा प्रसान राईले अभिनय गरेका छन्। यसले २० वटाभन्दा बढी अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिता जनाइसकेको छ। 

यस चलचित्रमा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu