अर्जुन कुमारले ‘सानो संसार’ चलचित्र बनाउँदै



काठमाडौं। रिलिज भएको करिब एक दशकपछि ‘सानो संसार’ शीर्षकमा पुन: चलचित्र बन्ने भएको छ। यो चलचित्रलाई अर्जुन कुमारले निर्माण गर्ने भएका छन्। शुक्रबार काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा शुभसाइत गर्दै यसबारेमा जानकारी गराइएको छ। निर्माता अर्जुनले यसअघि ‘चपली हाइट’ सिरिजका तीन चलचित्र, ‘फाटेको जुत्ता’, ‘द युगदेखि युगसम्म’ लगायत निर्माण गरेका थिए।

पारिवारिक कथावस्तुमा बन्ने बताइएको यो चलचित्रलाई सिद्धार्थ पुडासैनीले निर्देशन गर्नेछन्। यस चलचित्रमा सितादेवि तिमल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जना रिसाल र शिशिर सिवाकोटीको शीर्ष भूमिका रहने छ। काठमाडौं र आसपासका क्षेत्रमा छायांकन हुने यो चलचित्र जेठको अन्त्यदेखि छायांकनमा जाने निर्माता अर्जुनले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu