१२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल असारमा हुने



काठमाडौं। कलेज अफ जर्नलिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ आयोजना हुने भएको छ। यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नलिज्म एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी दिइन्।

महोत्सवका लागि यस पटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र समावेश भएका छन्। यी मध्ये बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई समावेश गराइने भएको छ। महोत्सवमा प्राप्त अफ्रिकन चलचित्रहरूलाई अहिले निर्णायकको टिमले हेरिरहेको छ।

“हामीले नेपाल र अफ्रिकाको संस्कृति आदान प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्विपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौँ। महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ,” महोत्सव अध्यक्ष मिश्रले बताइन्।

यस्तै महोत्सवका लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र, अदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरू प्रदर्शन गरिने भएको छ । महोत्सवका लागि नेपालका चलचित्र, लघु चलचित्र, वृत्तचित्र, आदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरू समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको यो महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी गराएका छन्।

विगत १२ वर्षदेखि यो महोत्सव आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन् । विगत झैँ यस पटक पनि यो महोत्सवलाई तीन दिनसम्म आयोजना गरिने आयोजक पक्षले जनाएको छ। महोत्सवमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ । नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महाद्विपको संस्कृति चलचित्र मार्फत आदान प्रदान गर्नको लागि यो महोत्सव आयोजना गर्दै आएको आयोजक पक्षले जनाएको छ। महोत्सवमा अफ्रिकन चलचित्रको बारेमा पनि अन्तरक्रिया गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu