प्रदर्शनको तेस्रो दिन शनिवार ‘पुजार सार्की’ झन् आक्रामक, ‘फर्की फर्की’को पनि व्यापार गजब



काठमाडौं। बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि चलचित्रले सुखद व्यापार कायम राख्यो। तेस्रो दिन शनिवार चलचित्रको व्यापारमा अझै आक्रामक व्यापार देखिएको छ।

शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको छ। दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्राय: शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताए। शनिवार दिनभर ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन्। बिहानी शो मा भक्तपुरको क्यूएफएक्स सिनेमाजमा पुगेका कलाकारहरू त्यसपछि एफक्युब सिनेमा, चाबहिल पुगेका थिए।

मध्यान्हमा बिग सिनेमा, कमलपोखरी र अष्टनारायण हल, बालाजुमा पनि चलचित्रको टिमले सहभागिता जनाउने छ। त्यस्तै, शनिवार नै फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकारहरू पुग्नेछन्। त्यहाँ अभिनेता प्रदीप खड्काले कविता सुनाउने कार्यक्रम रहेको निर्देशक दिनेश राउतले बताए।

नेपालका तीन सुपरस्टारहरूले एकसाथ अभिनय गरेको यो चलचित्रबाट नेपाली चलचित्रका दर्शकहरूमाझ व्यापक क्रेज हलमा फर्किएको छ। कलाकारहरू हल पुग्दा थामिनसक्नु भिड देखिएको छ। यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। चलचित्रले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ। चलचित्रलाई देशभरका दर्शकले अत्यधिक मन पराइरहेको रिपोर्टहरू प्राप्त भएका छन्।

त्यस्तै, बिहिबार नै रिलिज भएको अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ले पनि गजबको व्यापार गरिरहेको छ। शनिवार अभिनेता अनमोल केसी, अभिनेत्री जसिता गुरुङ सहित हल भिजिटमा हिंडिरहेका छन्। अनमोलका फ्यानहरुले हलमा उत्साह जनाइरहेका छन्। यो चलचित्रले पनि ग्रान्ड ओपनिङ गरेको थियो।

यो साता संगै रिलिज भएका दुवै चलचित्रहरुले राम्रो व्यापार गरेपछि चलचित्र क्षेत्र थप गर्माएको छ। दर्शकहरुमा गजबको उत्साह देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu