‘खुस्मा’को छायाङ्कन पुरा



काठमाडौं। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खुस्मा’को छायाङ्कन सकिएको छ। यो चलचित्रको पहिलो चरणमा मनाङमा छायाङ्कन गरिएको सिनेमाको दोस्रो चरणको छायाङ्कन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो। यद्यपि एक गीतको छायाङ्कन भने बाँकी छ।

मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउने बताइएको छ। एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका छन्।

यस चलचित्रमा धिरज र उपासनाका अलावा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu