चलचित्र ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक



काठमाडौं। नेपाली चलचित्र ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अभिनेता निश्चल खड्का तथा अभिनेत्री द्वय साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ। निश्चलको साथीको रूपमा देखिएका अभिनेता कबिर खड्कालाई पनि ट्रेलरको अन्तिममा गरिमाको प्रेममा परेको देखाइएको छ।

घनश्याम लामिछाने निर्देशित यो चलचित्रले ट्राभल लभ स्टोरीको कथा भन्छ। यसको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। चलचित्रमा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको पनि प्रमुख अभिनय रहेको छ। निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन्।

यो चलचित्र जेठ २५ गते रिलिज हुँदैछ। यो चलचित्रका निर्माता अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता हुन्। सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता हुन् भने अङ्कित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन्।

यसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको सङ्गीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी तथा आरआर फिल्मसको वितरण रहेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu