‘छक्का पञ्जा ५’ यही दसैँमा आउने, दीपक र माग्नेसँगै वर्षाको प्रमुख भूमिका



काठमाडौं। चलचित्र ‘छक्का पञ्जा’ शृङ्खलाको पाँचौँ शृङ्खलाको पोस्टर सार्वजनिक गर्दै रिलिज निर्माण र रिलिज घोषणा गरिएको छ। यही दसैँको फूलपाती अर्थात् असोज २४ गतेलाई यसको प्रदर्शन मिति तोकिएको बिहीबार सार्वजनिक पोस्टरमा जनाइएको छ।

बिहीबारबाट नै छायाङ्कन सुरु हुन लागेको ‘छक्का पञ्जा ५’लाई दीपाश्री निरौलाको निर्देशन गर्नेछिन्। यो चलचित्रमा दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’को साथमा वर्षा सिवाकोटीको पनि प्रमुख अभिनय रहने पोस्टरबाट बुझिन्छ। पोस्टरमा वर्षा सिंहासनमा बसेकी छन्। उनको पहिरनले नव विवाहित दुलहीको सङ्केत गर्छ। उनको छेवैमा दीपकराज सुटमा ठाँटिएका छन्। केदार वर्षाको सेवकको भूमिकामा छन्।

यो चलचित्र आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा बन्न लागेको हो। यसको छायाङ्कन काभ्रेको पाँचखाल र कास्कीको पोखरामा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu