सिलिगुडीबाट कावासोती आएर छोरा अनमोलको चलचित्र हेरिन् सुस्मिताले, सफलतामा केक काटिन्



काठमाडौं। गत साता रिलिज भएको नेपाली चलचित्र ‘फर्की फर्की’को सफलतासँगै यसका अभिनेता अनमोल केसीकी आमा सुस्मिता सोनीले खुसी मनाएकी छन्। उनले चितवनको सौराहामा साथीहरूबिच केक काटेर छोराको सफलताको खुसी साटेकी हुन्।

पछिल्लो समय भारतको सिलिगुडी बस्दै आएकी सुस्मिताले बुधवार नवलपरासीको कावासोतीमा आएर ‘फर्की फर्की’ हेरेकी थिइन्। चलचित्र हेरेपछि सुस्मिताले छोराको सफलतामा आफू हर्षित रहेको बताइन्। उनले भनिन्, “मलाई छोराबाट अरू केही आशा छैन। उसको सफलतामा रमाउन पाएँ पुग्छ।” सुस्मिता र भुवस केसीको केही वर्ड अगाडी सम्बन्ध विच्छेद भएको थियो।

अनमोलसँगै जसिता गुरुङको प्रमुख भूमिका रहेको यो चलचित्र बिहीबार सफल रूपमा दोस्रो हप्ता प्रवेश गरेको छ। सँगै रिलिज भएको अर्को नेपाली चलचित्र ‘पुजार सार्की’ पनि आक्रामक व्यापार सहित दोस्रो हप्ता प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu