‘गाउँ आएको बाटो’को प्रिमियरको लागि सङ्गीत निर्देशक हाइडी नेपालमा



काठमाडौं। विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा ख्याति कमाएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन सङ्गीतकार हाइडी ली इटालीबाट नेपाल आएकी छन्। यो चलचित्रमा उनले पार्श्व ध्वनिमा काम गरेकी छन्।

हाइडी ली हङकङमा जन्मेर इटालीमा प्रशिक्षित ज्याज गायिका, गायन शिक्षक र सङ्गीत निर्देशक हुन्। उनी तेस्रो पटक नेपाल आएकी हुन्। यसअघि उनी यस चलचित्रको सङ्गीतको काम भइरहेको बेला नेपाल आएकी थिइन्। त्यसअघि पनि उनी सङ्गीत अनुसन्धानको क्रममा नेपाल आएकी थिइन्।

हाइडीले राई संस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा सङ्गीत मिसाउँदै यस चलचित्रको गीत तयार पारेकी छन्। उनले यहाँका स्थानीय दर्शकसँग बसेर चलचित्र हेर्न निकै उत्साहित रहेको बताएकी छन्। “म नेपाली होइन । तर, पनि मैले नेपालको यस्तो सिनेमामा सङ्गीतदेखि पार्श्व ध्वनिमा काम गरेँ। मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु,” उनले भनिन्

चलचित्रको प्रिमियर बुधवार साँझ काठमाडौंमा हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu