प्रदीप, दिनेश र विकासको अघिल्लो चलचित्र ‘प्रकाश’ ओटिटिमा रिलिज



काठमाडौं। यति बेला विश्व बजारमा नेपाली चलचित्र ‘पुजार सार्की’ले आक्रामक व्यापार गरिरहेको छ। यही चलचित्रका कलाकार, निर्देशक र लेखकको अघिल्लो चलचित्र ‘प्रकाश’ भने ओटिटिमा रिलिज भएको छ।

मङ्गलवार ओटिटि प्लेटफर्म ‘भिडियोपसल’मा रिलिज भएको यो चलचित्रमा प्रदीप खड्काको प्रमुख अभिनय रहेको छ भने दिनेश राउतको निर्देशन र बिकास सुवेदीको लेखन रहेको छ। ‘पुजार सार्की’ चलचित्रमा पनि यी तीन जनाको सहकार्य रहेको छ। चलचित्र ‘प्रकाश’बाट अभिनेता खड्काले आफ्नो लभरब्वायको छविलाई भर्सटाइल कलाकारको रूपमा बदल्न सफल भएका थिए। प्रकाश पछि रिलिज भएको ‘पुजार सार्की’ले फेरी एक पटक खड्कालाई अभिनयको अब्बल कलाकारको रूपमा चित्रित गरेको छ।

सामाजिक यथार्थमा आधारित ‘प्रकाश’मा खड्कासँगै रेनु योगी र दिया मास्केको प्रमुख अभिनय छ। कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको सो चलचित्रमा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा देखाइएको छ। बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सो चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी साथै वेबसाइट www.videopasal.com मा पनि चलचित्र हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu