भरतपुर र पोखराको ‘सिनेप्लेक्स’ अब ‘क्युएफएक्स सिनेमा’



भरतपुर। चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको ‘सिनेप्लेक्स सिनेमा हल’ अब ‘क्युएफएक्स सिनेमा’मा परिणत भएको छ। शुक्रवारदेखि यो हलको सबै व्यवस्थापन क्युएफएक्सले गर्नेछ। बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा यो हलसँगै पोखरा सिनेप्लेक्सको हल पनि आफ्नो व्यवस्थापनमा सञ्चालनमा ल्याएको क्युएफएक्सले जनाएको छ। 

क्युएफएक्सका सञ्चालक भास्कर ढुङ्गानाले सुविधा सम्पन्न हलहरूमा चलचित्र हेर्ने स्थानीय दर्शकहरुले आरामदायी सिट, आधुनिक प्रोजेक्सन र साउण्ड सिष्टम तथा टु डी र थ्री डी स्क्रिन सहित चलचित्र हेर्न पाउने बताए। “यहाँ स्तरीय खाना, दर्शकले पाउने सेवा र कर्मचारीको व्यवहारले सिनेमा प्रेमीहरूको मन जित्नेछ बुधवार र बिहीबार टिकट दरमा समेत विशेष छुटको समेत व्यवस्था गरिएको छ,” ढुङ्गानाले बताए। सिनेप्लेक्स हलका सञ्चालक गणेश श्रेष्ठले क्युफएएक्ससँगको सहकार्यले चलचित्र हल थप व्यवस्थित हुने बताए।

योसँगै देशभर क्युफएएक्स सिनेमाको पर्दा सङ्ख्या ४० र हल सङ्ख्या १७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu