‘बलिदान’ निर्माता बिस्टलाई लिङ्कन विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि



काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’का निर्माता पवन बिस्टले मानार्थ विद्यावारिधि प्राप्त गरेका छन्। नेपाली कला र सिपलाई विश्वमाझ चिनाउन निरन्तर योगदान गरेको सम्मानार्थ उनले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित लिङ्कन विश्वविद्यालयद्वारा विद्यावारिधि प्राप्त गरेका हुन्।

बिस्टले लामो समयदेखि नेपाली विद्यार्थीहरूको लागि अन्तर्राष्ट्रिय उच्च शिक्षा र अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला र संस्कृतिको प्रवर्धन गर्दै आएका छन्। गत मे २५, २०२४ मा हजारौँ नेपालीहरू र विदेशीहरूको उपस्थितिमा उनलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको थियो।

बिस्ट क्यालिफोर्नियामा नै बस्दै आएका छन्। लामो समयदेखि ब्राडफोर्ड र एप्लाई ग्लोबल नामक शैक्षिक परामर्श केन्द्रहरू सञ्चालन गर्दै आएका उनले पछिल्लो समय चलचित्रमा पनि लगानी गरेका हुन्। बिस्टले सामाजिक सेवाको काममा पनि अग्रसरता जनाउँदै आएका छन्। बिस्ट गायक समेत हुन्। उनका ‘किन किन’, ‘बिर्सन सक्दिन’, ‘सजिएर तिमी’, ‘तिमी बिना’ जस्ता चर्चित गीतहरू रिलिज भइसकेका छन्।

मानार्थ विद्यावारिधि प्राप्त गरेपछि बिस्टले आफ्नो योगदानको कदर गरेकोमा विश्वविद्यालयलाई धन्यवाद व्यक्त गरे। कुनै न कुनै दिन प्रतिफल पाइने भएकाले प्रवासमा रहने सबै नेपालीहरूलाई उनले देशको नाम रोशन गर्नको लागि मेहनत गर्न आग्रह गरे।

बिस्टले बनाउँदै गरेको चलचित्र ‘बलिदान’ हाल सेट निर्माणको क्रममा रहेको छ। यो चलचित्र सम्भवतः हालसम्म नेपालको सबैभन्दा बढी लगानी रहेको चलचित्र हुनेछ। चलचित्रलाई सन्तोष सेनले निर्देशन गर्दैछन् भने समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको प्रमुख अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu