रिलिज भए ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’



काठमाडौं। यो साता दुई नयाँ नेपाली चलचित्रहरू एकसाथ रिलिज भएका छन्। फरक शैली र कथामा बनेका ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ प्रदर्शनमा आएका हुन्। रिलिज अगाडि यी दुवै चलचित्रले प्रिमियर शो आयोजना गरेका थिए। प्रिमियरमा दुवै चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएका छन्।

‘गाउँ आएको बाटो’मा एक दुर्गम गाउँमा सडक र सवारी साधन आउन थालेपछि भएको परिवर्तन र त्यसले पार्ने पारिवारिक र सामाजिक प्रभावको कथा रहेको छ। ‘लन्डन टु पेरिस’ भने सहरी कथा हो। यसमा प्रवासमा रहने नेपाली युवा युवतीको कथा उठाइएको छ।

नवीन सुब्बाले निर्देशन गरेको तथा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, बाल कलाकार प्रसान राई लगायतले अभिनय गरेको चलचित्र ‘गाउँ आएको बाटो’ले विश्वका एक दर्जन बढी फिल्म फेस्टिभलमा सहभागिता जनाइसकेको छ। घनश्याम लामिछानेको निर्देशनमा बनेको ‘लन्डन टु पेरिस’मा भने साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्माको अभिनय छ।

गत जेठ १० गते रिलिज भएको चलचित्र ‘पुजार सार्की’ले हलमा आफ्नो दबदबा कायमै राखेको छ। यस चलचित्रको झन्डै असी शो सङ्ख्या हलमा कायम छन् भने सोही मितिमा रिलिज भएको अर्को चलचित्र ‘फर्की फर्की’ पनि हलमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu