‘सतीदेवी’को टिजर सार्वजनिक, मलिकाको मर्मस्पर्शी अभिनय



काठमाडौं। श्रावण ४ गते रिलिज हुने नेपाली चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ। शुक्रवार सार्वजनिक टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोच माथि गम्भीर प्रश्न उठाएको छ।
 
लक्ष्मण सुवेदी निर्देशित यस चलचित्रको टिजरमा छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने मूल कथा रहेको देखाउँछ। दृश्य र संवादमा अभिनेत्री मलिका महत तथा बाल कलाकारहरू मर्मस्पर्शी भावमा देखिन्छन्।

यस चलचित्रमा महत मुख्य भूमिकामा छिन् भने रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको यस चलचित्रको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन्। दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको चलचित्रमा बाबु श्रेष्ठले छायाङ्कन, दीपक शर्मा र सुवास भुसालको सङ्गीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ। यस चलचित्रले केही महोत्सवहरूमा अवार्डहरू जितिसकेको छ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu