रुम्जाटारबाट ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन सुरु



काठमाडौं। ओखलढुङ्गाको रुम्जाटारबाट चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन सुरु भएको छ। कलाकार प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेलको पहिलो सटबाट यसको छायाङ्कन सुरु भएको हो।

यस चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल लगायतका कलाकारहरूको अभिनय यसमा रहनेछ। यस चलचित्रमा गन्धर्व परिवारको कथा रहने बताइएको छ। यसको कथा चलचित्रका निर्देशन सरोज पौडेलको हो भने पटकथा तथा संवाद महेश दवाडीको रहेको छ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत तथा हेमन्त कान्छा रसाइलीको सारङ्गी प्ले रहेको छ। विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् भने कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu