‘दान्भी’मा पुजासँगै किरण पनि एक्सनमा



काठमाडौं। अभिनेत्री पुजा शर्माले पहिलो पटक एक्सन भूमिका निभाएको चलचित्र ‘दान्भी’ रिलिजको सङ्घारमा छ। असार ७ गते रिलिज हुने यो चलचित्रमा पुजासँगै किरण श्रेष्ठ र कुन्साङ बोमजमको पनि प्रमुख अभिनय रहेको छ।

यो चलचित्रमा किरण पनि एक्सन अवतारमा रहेको बताइएको छ। किरणले केही महिना अघि प्रदर्शनमा आएको चलचित्र  ‘पर्खी बसेँ तिमीलाई’बाट डेब्यु गरेका थिए। सो चलचित्रमा ‘लभर ब्वाय’को भूमिकामा रहेका उनी ‘दान्भी’मा भने  ‘सिआइबी अफिसर’को भूमिकामा एक्सन अवतारमा देखिनेछन्। तेक्वान्दो खेलाडी समेत रहेका श्रेष्ठले यस चलचित्रमा एक्सनसँगै पुजा शर्मासँग ‘लभ सिक्वेन्स’ रहेको बताए। 

दर्शकले यो चलचित्र एक पटक हेर्नै पर्ने किरण बताउँछन्। “नेपालमा यत्तिको ‘एक्सन प्याक्ड’ चलचित्र सायदै बनेको होला। जुन हिसाबले हामीले एक्सन कोरियोग्राफी गरेका छौँ, त्यो हिसाबले यस्तो एक्सन नेपाली फिल्ममा कमै होला। कथाको हिसाबले पनि रहस्यमय कथामा बनेको छ,” किरणले बताए।

किरण आफ्नो चरित्रलाई दर्शकले रुचाउनेमा आशावादी देखिन्छन्। “म एक्सन चलचित्रमा अभिनय गर्न रुचाउँथे। यस चलचित्रमा मेरो एक्सन कलालाई देखाउन पाएको छु,” उनी भन्छन्।

रुपेश तामाङ निर्देशित ‘दान्भी’ पुजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनासिला खतिवडा, राजाराम पौडेल, कालु रानालगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu