चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक



काठमाडौं। आगामी श्रावण ११ गते रिलिज हुने नेपाली चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ। राजु गिरीको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा अन्तरजातीय प्रेमकथा देखाइएको छ।

ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईँ, रवीन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकारलाई ट्रेलरमा राखिएको छ। यी सबै कलाकारहरू चलचित्रका प्रमुख पात्रहरू हुन्।

दिव्या कङ्गना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा हरिबहादुर थापा निर्माता छन्। यसमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ। यसमा अर्जुन पोखरेल, राजेन्द्र बजगाईँ र बिपी वाग्लेको सङ्गीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ। यसमा रामेश्वर हुमागाईँको छायाङ्कन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu