चलचित्र ‘कङ्गारु’मा जितु नेपाल



काठमाडौं। सम्राट बस्नेतको निर्देशनमा निर्माणाधीन नेपाली चलचित्र ‘कङ्गारु’मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन्। यसअघि यस चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भएका थिए।

जितुले अहिले चलचित्र ‘ज्वाइँ साब’को छायाङ्कन गरिरहेका छन्। उनलाई ‘कङ्गारु’ टिमले यो चलचित्रको छायाङ्कन स्थलमा नै पुगी औपचारिक अनुबन्ध गराएको थियो।

यो चलचित्र सस्पेन्स, थ्रीलर र कमेडी रहने बताइएको छ। यसको छायाङ्कन अस्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा गरिने बताइएको छ। राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा बन्ने यो चलचित्रका निर्माताहरू प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ हुन् भने सह निर्माताहरू अञ्जन दुरा र लक्ष्मी राई हुन्।

सीमा गुरुङको कथामा बन्ने यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu