दान्भीमा मेरो चाखलाग्दो चरित्र छ, तर भन्न मिल्दैन: कुन्साङ



काठमाडौं। करिब तीन दर्जन म्युजिक भिडिओ विभिन्न ब्रान्डमा मोडलिङ गरेका मोडल कुन्साङ बोमजम असार ७ गते रिलिज हुने चलचित्र ‘दान्भी’ मार्फत चलचित्रको अभिनेता बनेका छन्। उनी यो चलचित्रमा ‘सारांश’ नामक पात्रमा देखिनेछन्।

उनीसँग उनको चरित्र र भूमिकाबारे कुरा गर्दा आफ्नो चरित्रबारे अहिले नै केही भन्न नमिल्ने बताउँछन्। “यसमा मेरो चाखलाग्दो चरित्र छ, तर अहिले भन्न मिल्दैन। चलचित्र हेरेपछि नै थाहा पाउने हो। मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँचेको किसिमको छ। चलचित्रमा अलिक गम्भीर र देशलाई माया गर्ने किसिमको मान्छे छु,” कुन्साङ भन्छन्।

कुन्साङ स्कुल पढ्दादेखि नै नाटकका कलाकार र कराँतेका खेलाडी थिए। “मैले कक्षा ३ देखि ११ सम्म मार्सल आर्ट गरेँ। ११ पछि मार्सल आर्टको काम रोकियो। मार्सल आर्टले अहिलेसम्म निरन्तरता दिइरहेको भए ‘दान्भी’मा एक्सन गर्न सजिलो हुन्थ्यो। तर बिचमा ग्याप भएपछि यही चलचित्रका लागि मैले ६ महिना एक्सन प्राक्टिस गरेँ,” कुन्साङ भन्छन्।

चलचित्रबारे कुरा गर्दै उनले दर्शकले फरक एक्सन थाहा पाउन ‘दान्भी’ हेर्नुपर्ने दाबी गरे। “नेपाली चलचित्र क्षेत्रमा एक्सन चलचित्र नआएको धेरै भएको छ। त्यसमाथि महिलालाई लिडमा लिएर एक्सन भएको त धेरै कमी नै छ। पहिला रेखा थापाले ठुलो छाप छोड्नुभएको थियो, त्यसपछि कोही अभिनेत्री एक्सनमा देखिनुभएको थिएन। पूजाजीले निकै मेहनतका साथ एक्सन गर्नुभएको छ। चलचित्रमा एक्सन कथावस्तु अनुसार गएको छ,” उनले बताए।

रुपेश तामाङ निर्देशित चलचित्र ‘दान्भी’मा पूजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु रानालगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu