चलचित्र ‘ब्ल्याक छाया’को ‘बुट्टे रुमाल’ गीत सार्वजनिक



काठमाडौं। चलचित्र ‘ब्ल्याक छाया’को ‘बुट्टे रुमाल’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा डिपि खनालका शब्द, राजेन्द्र बजगाईँको सङ्गीत तथा भुवन प्यासी र मेलिना राईको स्वर रहेको छ। 

आगामी साउन ११ गते रिलिज हुने यस चलचित्रमा प्रेमकथा रहेको छ। यसका निर्देशक आरएल लामा मोक्तान हुन्। यस चलचित्रमा नीर शाह, सुनिल थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जाह्नवी बस्नेत, बुद्धि तामाङ, रुविना कार्की, शोभित बस्नेत, रवीन्द्र झा, निमा दार्जे मोक्तान, आरएल लामा मोक्तान लगायतको अभिनय रहेको छ।

लङ्का फिल्म प्रालिको व्यानरमा निर्मित यस चलचित्रका निर्माता रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’, आर. सोनाम मोक्तान हुन। खड्ग लामा मोक्तान प्रस्तुत कर्ता रहेको ब्ल्याक छायामा सह निर्मातामा सोशिका तामाङ, ‘रजनी’, श्याम बहादुर मोक्तान  ‘डेबिट’ रहेका छन्।

भिडिओ:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu