काठमाडौं। छायाङ्कन अगावै नेपाली चलचित्र ‘जन्ते बाख्रो’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। मङ्गलवार सार्वजनिक पोस्टरमा छिट्टै छायाङ्कनमा जाने उल्लेख गरिएको छ।
पोस्टरमा छाता ओढेको र चस्मा लगाएको बाख्रोलाई कलात्मक ढङ्गले राखिएको छ। पोस्टरको अवधारणा हेर्दा यो चलचित्र हास्य व्यङ्ग्यात्मक रहेको अनुमान गर्न सकिन्छ। पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्ट टिमले गरेको हो।

प्रदीप भारद्वाजले लेखेको यस चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् भने सन्तोष गौतम निर्माता हुन्।


