राजेश हमालले सञ्चालन गर्ने कृषि रियालिटी शो ‘र’ को आवेदन खुला



काठमाडौं। शनिवार राष्ट्रिय धान दिवसको अवसर पारेर महानायक राजेश हमालले सञ्चालन गर्ने कृषि रियालिटी शो ‘र’को आवेदन खुला गरिएको छ। ललितपुर महा-नगरपालिका–२१, खोकनाको सहकार्यमा, प्रमुख अतिथि, माननीय पूर्व कृषि मन्त्री छविलाल विश्वकर्मा, हमाल, पूर्व सचिव डा. योगेन्द्रकुमार कार्कीलगायतको उपस्थितिमा आवेदन फारम खुला गरिएको हो।

यो शो ले कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको बताइएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रममा व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्ने जनाएको छ। यसका १६ वटा विषयगत शृङ्खलाहरू हुनेछन्, जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ। निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्। कृषक र कृषि प्राविधिक यस शोमा प्रतियोगी रहने छन् जसमा दिगो र नवीन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलको परीक्षण गरिने छ।

कार्यक्रमको उद्देश्य कृषिको महत्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रूपमा प्रस्तुत गर्ने आयोजक मध्ये एक विजय बस्यालले बताए। बस्यालले ‘समृद्धि को लागी नयाँ दृष्टि’ को नाराको साथ, कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य शृङ्खलामा आबद्ध व्यक्ति र आम जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको जिकिर गरे। उनले यो शो विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटी शो रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu